stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं ।  ल्यापटप, आइप्याड लगायतका सामान गरी चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-७ चाबहिल भत्केको पुलबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं धुम्बाराही बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१४ घर भएका आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र काठमाडौं ओमबहाल बस्ने बारा बड्की फुलबारी गाउँपालिका-३ घर भएका २८ वर्षीय अलि आलम मिया रहेका छन् ।

गत चैत ३ गते काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एरेर५१ बोइज होस्टेलबाट ४ थान ल्यापटप र गत चैत २४ गते काठमाडौं महानगरपालिका-७ चावहिल भत्केको पुल बस्ने डा.सुविन मानन्धरको ल्यापट तथा आइप्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ल्यापटप १ थान, आईप्याड २ थान, मोबाइल ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान,  क्यामेरा १ थान, बा.२७ प ९४९० नम्बरको मोटरसाइकल, नगद ५३ हजार रुपैयाँ, अमेरिकी डलर ३ सय, चाइनिज युयान २ सय र एपिवान टेलिभिजनको प्रेस कार्ड १ थान समेत प्रहरीले बरामद गरेको छ ।

लकडाउनको मौका छोपी रात र दिनमा समेत चोरी हुने गरेको घटना नियन्त्रणका लागि खटिएको प्रहरीले अनुसन्धानको क्रममा चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरीबाट उम्कन एपी वानटेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकारसमेत बताएको र झोला जाँच गर्दा उक्त चोरीका सामान फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

prabhu mahalaxmi
kumari