एनएमबि लघुवित्तको नाफा ३८.१३% ले बढ्यो
आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ५९ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३८.१३% ले धेरै हो । गत वर्ष संस्थाले ३ करोड ३२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी २३.६२% ले बढेर १७ करोड ६८ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्ष ५ करोड ११ लाख ३० हजार रुपैयाँ रहेको सञ्चालन नाफा १ करोड ४९ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा एनएमबिको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९७ पैसा रहेको छ । खराब कर्जा १.०१% ले बढेर ३.४६% छ । गत वर्ष खराब कर्जा २.४५% थियो ।