stcnepal long ad
global ime bank long

नेपाल टेलिकमको सञ्चालक परिवर्तन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकारले नेपाल टेलिकमको दुई सञ्चालक परिवर्तन गरेको छ । उद्योग मन्त्रालय तथा अर्थमन्त्रालयले टेलिकमको सञ्चालक समितिको सदस्य पदमा उत्तर कुमार खत्रीको ठाउँमा बाबुराम भण्डारी र भुपाल बरालको ठाउँमा झक्क प्रसाद आचार्यलाई पठाउने निर्णय गरेको हो ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ)  को समुह क अर्थात संस्थापक समुह २ मा भएको व्यवस्था अनुसार अर्थमन्त्रालयका सह(सचिव सञ्चालक समितिको सदश्य रहने प्रावधान अनुसार आचार्यलाई पठाउने निर्णय गरेको हो ।

फागुन चार गतेको मन्त्रिस्तरको निर्णयबाट आचार्य नियुक्त भएका हुन् । त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावली नियम १२ को खण्ड (छ) को समुह क संस्थापक समुह ५ मा भएको व्यवस्था अनुसार उद्योग मन्त्रालयका सह(सचिव कम्पनीको सञ्चालक समितिको सदश्य रहने प्रावधान अनुसार भण्डारीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त दुई सञ्चालकले फागुन ५ गते पद तथा गोपनियता र इमान्दारिताको शपथ ग्रहण गरेका छन् ।

IME Lifesidebar
kumari