stcnepal long ad
global ime bank long

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण तथा मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अध्यक्ष समेतको मिलेमतोमा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७४/७५ का लागि प्राप्त रकम दुरुपयोग गरेको आरोपमा उहाँहरू विरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

मुद्दा दायर गरिएकामा गाउँपालिकाका अध्यक्षसहित तत्कालीन प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, तत्कालीन कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, तत्कालीन माछा ब्लक सञ्चालक समितिका अध्यक्ष उमेश केबट, सचिव नरेन्द्रप्रसाद चौधरी, सहानी समिलका सञ्चालक दुर्गावती केबट छन्।

सबैलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही तथा जनही २० लाख ७५ हजार रुपियाँ बिगो दाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच आयोगले भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी ९पाँचौँ तह०का होमनाथ खतिवडालाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खतिवडालाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही तथा दुई लाख ६१ हजार रुपियाँ बिगो दाबी गरिएको छ।

 

IME Lifesidebar
kumari