stcnepal long ad
global ime bank long

युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ ।

रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाको तर्क छ । ७ किलोमिटर  क्षेत्र  युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको जनाइएको छ । रुसले आफ्नो सेनालाई डेनिप्रो नदी तरेर बस्न आदेश दिएको छ । खर्सोन पूरै छाड्न एक साता लाग्ने भएको छ ।

युक्रेनले भने रुसको चालबाजी पनि हुनसक्ने भन्दै शतर्कतापूर्वक अघि बढ्न सेनालाई भनेको छ । युक्रेनी सेनाका सेनापति भ्यालेरी जालुज्नीले रुसी सेना फिर्ता भए नभएको निश्चित नभएपनि आफ्नो सेना भने अघि बढिरहेको बताएका छन् ।

खर्सोन नकिजका क्षेत्रमा स्थानीयले युक्रेनी सेनालाई स्वागत गरेको भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको हातमा गएको खर्सोन एक मात्र क्षेत्रीय राजधानी हो । तर रुसले भने एकलौटी जनमत संग्रह मार्फत खर्सोन लगायत ४ वटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो ।

IME Lifesidebar
kumari