stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

राष्ट्र बैंकको निर्देशन प्रति औषधि थोक व्यवसायी संघको ध्यानाकर्षण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार 

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन प्रति औषधि थोक व्यवसायी संघको ध्यानाकर्षण विश्वव्यापी कोभिड–१९को महामारीको विषम अवस्थालाइ दृष्टिगत गर्दै मुलुकको केन्द्रीय बैंकले गत बैशाख १६ गते जारी सर्कुलर प्रति नेपाल औषधि थाके व्यवसायी संघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण सहित विमति प्रकट गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैकको तर्फबाट जारी सर्कुलरमा कोभिड संक्रमणको जोखिमका कारण ऋणीहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणीहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६/७७ को त्रैमासिकको ब्याज रकम गणना गर्न दिएको निर्देशनमा औषधि विक्री वितरण संग सम्बन्धित व्यवसायमा प्रस्तुत निर्देशन कार्यान्वयन नहुने व्यहोरो उल्लेख भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्यस्तै मुलुकको विषम अवस्थामा अत्यावश्यक अन्य सेवा जस्तै औषधि र औषधि जन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीले पनि सेवा भाव सहित आफु र आफ्नो परिवारको समेत स्वास्थ्य जोखिममा राख्दै देश र जनताको सेवा गर्दै आइरहेको अवस्थालाई केन्द्रीय बैंकले नजर अन्दाज गर्नु आर्फमा आफैमा दुःखद पक्ष भएको बताईएको छ ।

नेपाल औषधि थाके व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ औषधि व्यसायीले संकटको यस घडिमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले औषधि व्यवसायलाई उपेक्षा गरेको हो भने हाम्रो भन्नु केहि छैन ।

हामी तमाम औषधि व्यवसायी कुनै न कुनै बैकका ऋणि रहेको र विषम अवस्थाबाट पूर्णरुपमा प्रताडित रहेको अवस्था प्रति केन्द्रीय बैक बेखवर रहनु आफैमा शुभ संकेत मान्न नसकिने र जारी निर्देशनकै कारण औषधि व्यवसायीको आत्माबल र उर्जामा समेत स्वभाविक रुपमा नैराश्यता पैदा गर्दछ ।

साथै भोलीका दिनमा व्यवसायीले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । साथै केन्द्रीय बैकलाइ नेपाल औषधि थोक व्यवसायी संघले सम्पूर्ण औषधि व्यवसायीकोे तर्फबाट ध्यानाकर्षण सहित औषधि व्यवसायीलाई समेत जारी निर्देशनको दायरा समेट्न आग्रह गरिएको छ ।

     

kumari bank
kumari
nawakantipur long