stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९गते शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ ।
निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरक–फरक निर्धारण गरिएको छ । जस अनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।
यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रति विमान १० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउनु पर्नेछ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विगत पाँच वर्षमा निरन्तर रूपमा वायुसेवा सञ्चालन गरेको र पाँचवटा विमान सञ्चालन गरेको अनुभव भएको आन्तरिक सेवा प्रदायक इजाजतपत्रका लागि योग्य मानिने छ । इजाजतपत्रका लागि सम्बन्धित वायुसेवा प्रदायकले ४५ दिन भित्र मन्त्रालय समक्ष निवेदन दिनुपर्ने छ । इजाजतपत्र सम्बन्धी अन्तिम निर्णय पनि मन्त्रालयको रहने स्पष्ट पारिएको छ ।
नेपालमा अहिले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् । त्यसमध्ये बुद्ध एयरले भारतमा मात्रै उडान गरेको थियो । यद्यपि उक्त उडान पनि नियमित भने हुनसकेको छैन । अहिले देशभर एक दर्जन वायुसेवा कम्पनीले आन्तरिक उडान गरिरहेको अवस्था छ ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधिमा संशोधन गर्दै इजाजतपत्रका लागि अनुमति लिँदा नगद नै बैङ्क धितो राख्नुपर्ने व्यवस्था हटाएको थियो ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari