stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोभिड–१९ विरुद्ध लड्न भारतद्धारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

काठमाडौँ । कोभिड–१९ विरुद्ध लड्न भारत र नेपाल बीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गर्नुभयो ।

भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाखडोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् । यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउँछ ।

कोभिड–१९ को विश्वव्यापी महामारी विरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्नुभयो र सार्क कोभिड–१९ आपतकालिन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एक साथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको छ ।

IME Lifesidebar
kumari