stcnepal long ad
ime life insurance
national life
global ime bank long

वडा कार्यालयका विभिन्न कागजात च्यात्ने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

जाजरकोट ।  जुनीचाँदे गाउँपालिका-२ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।

उनीहरुले आफूहरुलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने बिषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेत तर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

IME Lifesidebar
kumari