stcnepal long ad
ime life insurance
global ime bank long

प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । नेपाल सरकार, मन्त्रीस्तरको २०७७ बैशाख ७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उहाँहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी रहनुभएको छ ।

सोही अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको २०७६ चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिमेवारीहरु एवम् संगठनका नीतिहरु पुरा गर्ने आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटि जाने प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो । साथै स्थानीय तहसँग आवश्यक सहकार्य एवम् समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरुको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । साथै यस बिषम परिस्थितिमा हुन सक्ने कालोबजारी, सामाजिक द्वन्द्व भड्काउने खालका गतिविधि तथा समाजलाई भ्रमित पार्ने अफवाह जस्ता गतिविधि नियन्त्रणमा थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवम् आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

 

 

 

prabhu mahalaxmi
kumari