stcnepal long ad
ime life insurance
global ime bank long

शुरु गर्ने भयो पाटन कलेजले पनि अनलाइन कक्षा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण पठन–पाठन ठप्प भएपछि पिसिपिएस कलेज (पाटन कलेज फर प्रोफेशनल स्टडिज) ले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको महामारीले गर्दा देशका सम्पुर्ण स्कुल कलेजहरु बन्द रहेको बेला आफ्ना विद्यार्थीहरुको लागि २५ मार्च देखि अनलाईन कक्षा सञ्चालन गर्ने भएको हो ।

पाटन कलेजले शिक्षा मन्त्रालयको स्वीकृती प्राप्त गरी बेलायतको युनिभरसिटी अफ बेडफोर्ड सायरकोे सम्वधनमा बिस्सी कम्पुटर साईन्स एण्ड साफ्टवेयर इन्जिनियरिङ्ग र बिबिए जस्ता स्नातक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पिसिपिएस कलेजले नेपाल सरकारको मार्ग निर्देशन दृढताका साथ पालन गर्दछ । सरकारले करोना महामारीबाट बच्न लगाएको लकडाउनले गर्दा विद्यार्थीहरुको सेशन ढिला नहोस भनेर कलेज अनलाईन कक्षा प्रारम्भ गरेको हो । यी कक्षाहरु विश्वविद्यालयको सफ्टवेयर ब्रिइयो मार्फत सञ्चालन गरिएको छ । Boreo भनेको बेडफोर्ड सायर अनलाइन शिक्षाको संसाधन हो ।

ब्रिइया सफ्टवेयर विश्वविद्यालयले तयार पारेको अनलाइन उपकरणहरुको संग्रह हो जसले विद्यार्थीहरुलाई उनीहरुको अध्ययनमा मद्दत पुर्याउँछ ।  ब्रिइया को ठुलो हिस्सा हाम्रो उद्योग मानक भर्चुअल लर्निङ्ग वातावरण, ब्ल्याकबोर्ड लर्न हो जसले इन्टरनेट मार्फत सबै प्रकारको शिक्षण सामग्रीको जानकारी प्रस्तुत गनै र व्यवस्थापन गर्न एक सुविधाजनक सफ्ट प्लेटफार्म प्रदान गर्दछ ।

मिश्रित एवं अनलाईन शिक्षा प्रदान गर्ने शिक्षकहरुले यस्ता भर्चुअल लर्निङ्ग वातावरणबाट आफ्ना विद्यार्थीहरुको अध्ययन अनुभवलाई समृद्ध र सहयोग गर्न सक्छन ।

पिसिपिएस कलेजले यस्तो कठिन र चुनौतीपूर्ण परिस्थितिको बाबजुद आफ्ना विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा खरो उत्रेको छ । यस्तै क्रियाकलापले यो कलेजलाई अरु कलेज भन्दा फरक बनाउँदछ ।

                             

यस कलेजले एउटा अनलाईन लर्निङ्ग प्लेटफार्मको सहकार्यमा आफ्ना विद्यार्थीहरुको लागि क्लाउड कम्प्युटिङ्ग, डाटा साइन्स, व्यवसाय, कम्प्युटर साइन्स, इन्जिनियरिङ्ग, शाररिक शिक्षा, स्वास्थ सेवा, व्यवसायिक विकाश, कला र मानविकी, प्रविधी आदी सङ्ग सम्वन्धित ३१०० वटा अनलाइन कार्यक्रमहरु निःशुल्क प्रदान गर्दै आएको छ ।

कलेजका अध्यक्ष पंकज जालानले यी पाठ्यक्रमहरुले विद्यार्थीहरुको कौशलता बढाउनुको साथ साथै महामारीको त्रासबाट हुने अनावश्यक तनावबाट टाढा राख्न मद्दत पुर्याउने विश्वाश लिएको बताएका छन् ।

prabhu mahalaxmi
kumari