stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फास्ट ट्र्याक तोकिएको समय सिमाभित्रै सम्पन्न हुन्छः रक्षा मन्त्रालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई–मधेस द्रूतमार्ग तोकिएको समय सिमाभित्रै सम्पन्न गर्ने रक्षा मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयले आगामी २०८१ मंसीरभित्र निर्माण गरिसक्ने जनाएको हो ।

मन्त्रालयका अनुसार आयोजनाको मुख्य काम सुरुङ र पुल निर्माण भएपनि त्यसैअनुसार विकास निर्माणको काम भैरहेको जनाएको हो ।

मन्त्रालयले स्वीकृत डीपीआरमा आधारित रहेर फाष्ट ट्र्याक निर्माण भैरहेको समितिलाई जनाएको छ ।

यस्तै बैठकमा सांसदहरुले भने निर्धारित मितिमा आयोजना सम्पन्न हुने आधार नभएको उल्लेख गर्नुभयो ।

आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि पनि अपेक्षाकृत काम सम्पन्न हुन नसकेको भन्दै सांसदहरुले समय सिमाभित्रै आयोजना सम्पन्न हुनेमा आशंका ब्यक्त गर्नुभएको हो ।

हालसम्म पनि सुरुङ र पुल निर्माणले अपेक्षाकृत गति लिन नसकेको सांसदहरुको भनाई थियो । मन्त्रालयका अनुसार आर्थिक बर्ष २०७८/७९ मा २१ दशमलब १८ प्रतिशत मात्र काम भएको जनाएको छ ।

सरकारले २०७४ सालमा २०८० को भदौ ४ सम्म सक्ने कार्यादेशसहित फाष्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, सेनाले नयाँ कार्ययोजना अनुसार म्याद थपेर २०८१ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।

prabhu mahalaxmi
kumari