stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बाढी–पहिरोले विभिन्न स्थानका घर र सडकहरुमा क्षति, धादिङमा घर पुरिंदा एक जना बेपत्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

धादिङ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिकाको बेसीघर भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा राना डाँडा निवासी २८ वर्षीय शर्मिला थापा मगर रहेका छन् । पहिरोले एक दर्जन पशु चौपाया पनि बगाएको छ ।

बेपत्ता मगरको स्थानीयहरुले खोजी गरिरहेका छन् भने वर्षा भईरहेकोले उद्धारका लागी थप समस्या भएको वडाध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

हिजोदेखी परेको अविरल वर्षाका कारण सो पहिरो खसेको हो । गाउँ भन्दा माथिबाट पहिरो खसेकोले अन्य पाँच घर पहिरोको उच्च जोखिममा छन् ।

रातभर परेको वर्षाले गर्दा जिल्लाका विभिन्न स्थानहरुमा ठूलो क्षति पुगेको भनिए पनि यकिन तथ्याङ्क भने आईसकेको छैन ।

यसैगरी निलकण्ठ नगरपालिकास्थित वडा नम्वर(४ मा नै अरुण खोलामा आएको बाढीले स्थानीयको घरमा क्षति पुर्‍याएको छ ।(

prabhu mahalaxmi
kumari