prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग सहित आन्दोलित

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ ।

यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो ।

श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्ध सहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासगँ तत्काल आवद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाँचघरमा)स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

कर्मचारीहरु आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलन उत्रिन लागेको हो । सोमबारदेखि शुक्रबारदेखि प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरुको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

 

९ साउन २०७९, सोमवार ०७:५४ बजे प्रकाशित

NTA long ad
stcnepal long ad