झण्डै २ किलोग्राम युरेनियम सहित १५ जना पक्राउ
काठमाडौं । झण्डै २ किलोग्राम युरेनियम सहित विराटनगरबाट १५ जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।
विराटनगरको ठुल्दाई होटलमा केही व्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ वर्षिय शिव शंकर पासवान, धनपालथान गाउँपालिका–४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका–७ का ४३ वर्षिय प्रदिप पुरी, कटहरी गाउँपालिका(२ का ४० वर्षीय दिलिप कुमार शर्मा, बिराटनगर–१२ का ४६ वर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका–७ सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका–९ खोटाङका ३२ वर्षीय किरन राई र धनपालथान गाउँपालिका–७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी विराटनगरकै दुधफारममा समेत केही व्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका(८ गोरखाका ४५ वर्षीय जिवन गुरुङ, मङहा नगरपालिका(६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका–१२ महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका–३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका–५ मकवानपुरका ३६ वर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका–३ महोत्तरीका ४९ वर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका–५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

























