stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रचण्ड प्रधानमन्त्री बन्न देशर विदेश दौडाहामा लागेको एमाले महासचिव शङ्कर पोखरेलको आरोप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

काठमाडौँमा आज बुधबार आयोजित अनलाइन समाचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले दाहालप्रति सङ्केत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तर्कसमेत गरे ।

‘जति साना दलहरु मुलुकको राजनीतिमा हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ–तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ? ,’ महासचिव पोखरेलले भने, १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त र ?’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए ।

उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिरहेको भन्दै आपत्तिसमेत जनाए ।

prabhu mahalaxmi
kumari