stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाका पूर्वसचिव रहनु भएका घिमिरेलाई निगमको अध्यक्षमा नियुक्ति गरेको उच्च स्रोतले  जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरेले यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगमको सञ्चालक समितिको अध्यक्ष बन्नुभएको थियो ।

पर्यटन मन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्व सचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो ।

उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीकामा लैजान र सर्वसाधरणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

त्यस्तै लेखा प्रणालीमा सुधार वित्तीय पुर्नसंरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तब्य विस्तार लगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरे यस अघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।रासस

prabhu mahalaxmi
kumari