stcnepal long ad
ime life insurance
global ime bank long

सवारी पास लिएकालाई पनि कार्बाही गर्दै ट्राफिक प्रहरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडाैं । कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएको लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएकोले पास लिएका सवारी धनीलाइ कारबाही गर्ने भएकाे छ ।

लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।

उनले अत्याबश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अबस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताए ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड तथा १८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । उनले भनेअनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागि सिभिल प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ ।

लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तिब्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेक जाँच समेत हुने गरेको छ ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्ने भएको छ ।

prabhu mahalaxmi
kumari