stcnepal long ad
global ime bank long

कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवाली विरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाण(पत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनी विरुद्ध मुद्दा दायर गरिएको कोइरालाले बताए ।

दुई पटकसम्मको बढुवामा ज्ञवालीले सोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाइएको उनले बताए ।

IME Lifesidebar
kumari