stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आफ्ना नागरिक फिर्ता लैजान खाडी मुलुकको दबाब, नेपाल मौन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदार फिर्ता गर्न विभिन्न मुलुकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको छ ।

अन्य मुलुकहरूले आफ्ना कामदार फिर्ता लैजाने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने छलफलकै चरणमा छ । कोरोनाको संक्रमणबाट जोगिन कुवेतले गैरकानुनी आप्रवासी कामदारलाई आममाफीमार्फत फिर्ता गर्न सूचना जारी गरेर आवेदन मागेको छ ।

त्यस्तै, युएई (युनाइटेड अरब इमिरेट्स)को मानव संसाधन तथा इमिरेटिजेसन मन्त्रालयले आप्रवासी कामदारलाई फिर्ता लैजान सम्बन्धित मुलुकलाई सूचित गरेको छ । त्यस्तैै, माल्दिभ्सले बन्द भएका होटेलका आप्रवासी कामदारलाई निश्चित पारिश्रमिक र फिर्ता टिकटको समेत व्यवस्था गरिदिएको छ ।

आममाफीसहित फिर्ता हुन आवेदन दिने कामदारलाई कुवेतले आफ्नै खर्चमा विमान चार्टर्ड गरी सम्बन्धित मुलुक पठाउने तयारी गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुजन केसीले बताए । कुवेतले कामदारलाई फेरि आउन पाउने गरी माफी दिएको उनले बताए ।

सामान्य अवस्थामा कुवेत सरकारले यस्तो खालको आममाफी दिँदैन । केसीकाअनुसार कुवेतमा करिब ४ हजार गैरकानुनी नेपाली कामदार छन् भने ७० देखि ७२ हजार नेपाली श्रमिक छन् ।

जसमध्ये १० हजारभन्दा बढी कामदार नेपाल फर्किन इच्छुक छन् । कुवेतले १ देखि ३० अप्रिलसम्म आममाफीको घोषणा गरेको हो । पहिलो चरणमा १ देखि ५ तारिखसम्म फिलिपिन्सका गैरकानुनी कामदारलाई स्वदेश फर्किन फाराम भर्ने अवसर दिएको थियो । दोस्रो चरणमा इजिप्टका कामदारलाई यस्तो अवसर दिएको थियो ।

अहिले बंगलादेशका कामदारलाई फाराम भर्ने अवसर दिएको छ । अप्रिल २६ देखि ३० तारिखसम्म नेपालसहित अन्य मुलुकका कामदारले फाराम भर्न पाउनेछन् । स्वदेश फर्कन युएईका ५ हजार कामदारले दिए आवेदन युएई सरकारले सम्बन्धित मुलुकहरूलाई आफ्ना कामदार फिर्ता लैजान आग्रह गरेको छ । बेतलबी बिदामा रहेका र घर फर्कन इच्छुक कामदारलाई फिर्ता लैजान उसको दबाब छ ।

फिर्ता नलैजाने मुलुकको श्रम सम्झौता पुनर्विचार गर्नेबारे युएईले अध्ययन गरिरहेको जनाएको छ । कतारस्थित गैरआवासीय नेपाली संघको अध्ययनअनुसारआइतबारसम्म युएईमा रहेका ५ हजारभन्दा बढी कामदारले स्वदेश फर्किन आवेदन दिएका छन् ।

संघका अध्यक्ष प्रकाश कोइरालाले आवेदन दिनेको संख्या बढ्दो रहेको बताए । आवेदन दिनेमध्ये ६० प्रतिशत दुबई, २४ प्रतिशत आबुधाबी र ९ प्रतिशत सारजाहमा रहेका कामदार छन् । संघले युएईको आबुधाबी, दुबई, सारजाह, अजमान, रसअल खेमा, फुजेरा र उम अल ब्वेन गरी सातैवटा प्रदेशमा अध्ययन गरेको थियो । युएईमा रहेकामध्ये करिब ३६ प्रतिशत कामदार बेतलबी बिदामा छन् ।२४ प्रतिशत कामदारले काम गर्दै छन् । २० प्रतिशत कामदारको रेसिडेन्स भिसा क्यान्सिल भएको छ । करिब ११ प्रतिशतको भिजिट भिसा सकिएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार युएईमा ३ लाख ५० हजार नेपाली श्रमिक छन् । गैरआवासीय नेपाली संघले भने ४ लाखको हाराहारीमा नेपाली श्रमिक रहेको जनाएको छ ।  आजको नयाँपत्रिका दैनिकबाट

 

prabhu mahalaxmi
kumari