citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबार देशभरझरी पर्ने पूर्वानुमान

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

सोमबार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राती पनि देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।

देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

himalayan life insurance
igi long