citizens life insurance long ad
stcnepal long ad

सैनिक श्रीमती संघद्वारा स्वास्थ्य शिविर संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेना श्री सैनिक श्रीमती संघको आयोजनामा भोजपुर जिल्ला, टेम्केमैयुङ–४, नागीस्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालय नजिक रहेको स्वास्थ्य चौकीमा श्री सैनिक अस्पताल, ईटहरीका डाक्टर सहितको मेडिकल टिमद्वारा २०७९ जेठ १२ गते एक दिने स्वास्थ्य शिविर संचालन भएको व्यहोरा जानकारी गराईन्छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा गाईनो तथा दन्त रोगको परीक्षण गरिनुका साथै निस्शुल्क औषधी वितरण गरिएको थियो । सो स्वास्थ्य शिविरबाट महिला( १०९ र पुरुष–५७ जना गरी जम्मा १६६ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए ।

 

 

साथै, उक्त संघले संखुवासभा र भोजपुर जिल्लामा विभिन्न मिति तथा स्थानहरुमा देहाय बमोजिमका जनहित कार्यहरु संचालन गरेको व्यहोरा समेत जानकारी गराईन्छ ।
(क) २०७९/२/१० गते संखुवासभा जिल्ला, खांदबारी नगरपालिका, वडा नं.९ स्थित मनकामना मन्दिर परिसरमा रहेका ३० जना बृद्धरबृद्धाहरुलाई खाद्यान्न एवं राहत सामाग्रीहरु वितरण गरेको ।

(ख)  २०७९/२/११ गते भोजपुर जिल्ला, टेम्केमैयुङ–३, दिल्पास्थित श्री अन्‍नपूर्ण वागधन रणदीपा राई माध्यामिक विद्यालयमा अध्ययनरत छात्ररछात्राहरुलाई कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी तथा खेलकुद सामग्रीहरु वितरण गरी उक्त संघका अध्यक्षले विद्यालयमा अवस्थित कम्प्युटर ल्यावको उद्‍घाटन गर्नु भएको ।

साथै, मिति २०७९/२/१२ गते सोही स्थानमा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्ररछात्राहरुलाई उक्त संघले कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी सामान तथा खेलकुदका सामाग्रीहरु समेत वितरण गरेको ।

(ग) २०७९/२/१२ गते उक्त संघका अध्यक्षले भोजपुर जिल्लामा तैनाथ श्री फष्ट रैफल गणको व्यारेक एरिया भित्र रहेको शिशु स्याहार केन्द्रको उद्‍घाटन गर्नु भई बच्चाहरुलाई खेल्ने सामग्री, खेलौना तथा बिस्कुट वितरण गर्नु भएको ।

साथै, उक्त संघले सैनिक परिवार आवास गृहमा बसोवास गर्ने सैनिकका परिवारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको ।

(घ) २०७९/२/१२ गते भोजपुर नगरपालिका, वडा नं.९ स्थित भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु २१ (एक्काईस) जनालाई सिरक, चाउचाउ र बिस्कुट वितरण गरेको ।

 

 

IME Life
kumari