stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैशाख २८ गतेदेखि रिभर फल्स पावरको आइपीओ खुल्ने

कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि रिभर फल्स पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५५ अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

prabhu mahalaxmi
kumari