stcnepal long ad
global ime bank long

अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको मदिरा सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

पर्सा । बीरगंज महानगरपालिका-१६ बस्ने रामपुकार चौरसियालाई बीरगंज महानगरपालिका-१६ भन्सार कार्यालय पछाडिबाट अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको ३ कार्टुनमा रहेको ९० बोतल रक्सी सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी पर्सागढी नगरपालिका-४ भेडाबाट बीरगंज महानगरपालिका-३२ बस्ने नारायण राम र सोही ठाउँ बस्ने राजन महरालाई अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३५ लिटर घरेलु मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारको लकडाउनको निर्णयलाई अवज्ञा गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

IME Lifesidebar
kumari