अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको मदिरा सहित पक्राउ

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
पर्सा । बीरगंज महानगरपालिका-१६ बस्ने रामपुकार चौरसियालाई बीरगंज महानगरपालिका-१६ भन्सार कार्यालय पछाडिबाट अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको ३ कार्टुनमा रहेको ९० बोतल रक्सी सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी पर्सागढी नगरपालिका-४ भेडाबाट बीरगंज महानगरपालिका-३२ बस्ने नारायण राम र सोही ठाउँ बस्ने राजन महरालाई अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३५ लिटर घरेलु मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारको लकडाउनको निर्णयलाई अवज्ञा गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।