stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

७७ जिल्लामा सेवा दिँदै कृषि विकास बैंक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । कोरोना भाइरसका कारण आक्रान्त भएको आम ग्राहकलाई सुविधा उपलब्ध गराउन कृषि विकास बैंकले एक जिल्ला एक शाखा संचालन गर्ने रणनीति लिएको छ । बैंकले लकडाउनको यो अवधिमा ग्राहकको आवश्यकता र औचित्यतालाई हेरेर अन्य बैंक शाखा पनि सञ्चालन गर्ने रणनीति दिएको छ । बैंकले विशेषगरी एटीएम नभएका स्थानसहित देशभर आज सोमबार एक सय तीन शाखा सञ्चालन गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

‘एटीएम बुथ नभएका जिल्लालाई प्राथमिकतामा राखेर शाखा खोल्ने काम गरिएको छ,’ उनले भने । बैंकले आम ग्राहकलाई सकभर इलेक्ट्रोनिक माध्यमबाट भुक्तानी लिन/दिन आग्रह गर्दै यस्तो सुविधा उपलब्ध गराएको उनले बताएका छन् ।

हाल कृषि विकास बैंकको देशभर ७२ वटा एटीएम बुथ रहेका छन् हाल बैंकले ७७ वटै जिल्लाबाट २ सय ७४ शाखाबाट सेवा दिइरहेको छ । कृषि विकास बैंकले आम ग्राहकलाई हिजो आइतबार देशभरका १ सय ३ वटा शाखाबाट बैंकिङ सेवा उपलब्ध गराएको छ ।

आफ्ना ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न बैंक सञ्चालन गरेको उनले बताए ।

बैंकले लकडाउन गरेकै दिन काठमाडौं उपत्यकामा घोडे जात्राको विदा परेपनि उपत्यका बाहिरबाट ६५ वटा शाखा सञ्चालनमा आएको थियो । त्यसयता पनि बैंकले निरन्तर सेवा प्रदान गरिनै रहेको छ ।

‘बैंकले काठमाडौं उपत्यका सहित देशभरका एक सय एक शाखाबाट बिहान ११.०० बजेदेखि १.३० बजेसम्म सेवा दिएका हौं,’ उनले भने ‘उपत्यकामा  बालाजु, मंगलबजार, बानेश्वर, महाराजगञ्ज, कोटेश्वर, कालीमटी, लगनखेल र रामशााह पथको कर्पाेरेट कार्यालयबाट सेवा दिइएको हो ।’

ग्राहकको चाप हेरेर शाखा सञ्चालनमा गछौं,’ उनले थपे ‘प्रदेश र स्थानीय सरकारका साथै सीडीओ कार्यालयको समन्वयमा बैंक खुलाएका हौं ।’ उहाँहरूले शाखा सञ्चालन गर्न सहजीकरण गरिरहनु भएको छ । बैंकले इलेक्ट्रोनिक पेमेन्टबाट कारोबार गर्न आम ग्राहकलाई अनुरोध पनि गरेको छ ।

बैंकले मोबाइल बैंकिङ, आईपीएस, स्मार्ट कार्ड तथा एटीएमबाट सेवा लिन आम ग्राहकलाई आग्रह समेत गरेको छ । यसले ग्राहक र सेवाप्रदायक दुबैलाई जोखिमबाट बचाउने प्रवक्ता पौडेलको जानकारी दिए  ।

‘आफ्ना कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर विशेष सावधानीपूर्वक सेवा सञ्चालन गरेका छौं,’ प्रवक्ता पौडेलले भने  ।

विकास बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आफ्ना शाखाहरु खोलेको थियो । बैंकले लकडाउन अवधिभर स्थानीय प्रशासनसँग समन्वय गरेर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari