प्रधानमन्त्री ओली फेरि अस्पतालमा

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओलीलाई हिजो राती ११:५५ बजे अकस्मात मुटुमा समस्या आएका कारण त्रि•बि• चिकित्सा शास्त्र अध्ययन सस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज हस्पिटलको पहिलो तलको Ccu vip कक्षमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्थामा क्रमिक सुधार हुँदै आएको छ। साथै प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, सशस्त्र प्रहरीका महानिरीक्षक : शैलेन्द्र खनाल९:२०बजे र पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल १० बजे शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।