लकडाउनको चौथो दिनको बजार सुनसान

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौ । आज चैत १४ गते लकडाउनको चौथो दिनको बजार सुनसान र सवारी साधनहरू सञ्चालन भएका छैनन् । कलंकी एरियामा अति अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरु गुडेको पाईदैन,तरकारी किनमेल गर्न जाने मानिसहरु फाट्टफुट्ट रूपमा हिँडडुल गर्ने गरेका,गल्ली तथा मेनरोडहरु सुनसान रहेको,केही मात्रामा तरकारी पसलहरु खुलेका,घर बाहिर निक्लेका सबै मानिसहरुलाई प्रहरीले सोधपुछ गरेर मात्रै आवतजावत गर्न दिएको देखिन्छ ।
त्यस्तै नागढुङ्गा नाकाबाट हिजो बेलुका देखि आज बिहान सम्ममा ग्यास, तेल, डिजेल, पेट्रोल,तरकारी लगायतको गाडी गरेर १०४ वटा मालबाहक गाडी भित्रीएको,अस्तिको भन्दा तुलनात्मक रूपमा कम गाडी भित्रिएको पाइएको छ । त्यस्तै लाजिम्पाट , पानीपोखरी , लैनचौर, रानिबारीमा किराना पसलहरु धेरै बन्द रहेको भए पनि एक-दुई तरकारी पसलहरु बिहान केही समय खुल्ला रहेको थियो । एम्बुलेन्स, पानी , फोहोर र पास भएको मोटरसाइकल निजी सवारी फयाटफुट चलन दिएको र अन्य सवारी साधन चलेको छैन । यो एरियामाको मेन सडकमा मानिसहरुको आवतजावत अलिअलि गरेको भएपनी पुलिसले सोधपुछ गरि घरमा बस्न आग्रह गरेको छ ।
तारकेश्वर नगरपालिकाको फेदि तीन पिपले, डाँडागाउँ, लोकतान्त्रिक चोक, काभ्रेस्थली एरियामा फाटफुट मात्रामा किराना पसल , तरकारी पसल खुलेका छन।
गोकर्णेश्वर नगरपालिका र बौद्ध क्षेत्रमा पनि अत्यावश्यक सेवा अन्तर्गतका खानेपानीका टंयाङकर, खानेपानी बोकेका, तरकारी बोकेका सवारी साधन ,पासका गाडी एवं मोटरसाइकल र एम्बुलेन्स मात्र फाट्टफुट्ट चलेका छन् । दुई पाङ्ग्रे मोटरसाइकल पनि अत्याबश्यक काम परेकाहरूले प्रयोग गरेको पाइएको छ ।
ठाउँ ठाउँमा प्रहरीले चेकजाँच गरि अत्यावश्यक काममा बाहेक सवारी साधन चल्न र मानिसहरूलाई हिडडुल गर्न दिएको छैन । बिहान ६:०० बजे देखि खाद्यान्न र तरकारी खरिद गर्न मानिसहरू घर बाहिर फाट्टफुट्ट निस्किएका छन् । खाद्यान्न, तरकारी पसल र औषधि पसल फाट्टफुट्ट मात्र खुला रहेका छन् । बजारमा हरियो तरकारीको अभाव भएको छ, मूल्य वृद्धि भएको, प्रहरीले कालिमाटी जान नदिएको र सवारी साधन जान नमानेको कारण तरकारीको अभाव भएको देखिएको छ ।
कोटेश्वर एरियामा केही किराना पसलहरू र मेडिकल खुल्ला, भित्री बाटोमा फाट्फुट मानिसहरू हिंडेको देखिए पनि आवश्क सवारी साधन र सुरक्षाकर्मि बाहेक मेनरोड सुनसान रहेको छ । माईतिघर आसपासका क्षेत्रहरु त्रिपुरेश्वर,थापाथली, बबरमहल, सर्बोच्च अदालतकाे अवस्था सामान्य रहेको छ ।
प्रेस, दुध, पानी, एम्बुलेन्स र प्रहरीका भ्यानहरु सुचारु रहेका, छिटफूट बजार जस्तै खाध्यन्नका पसलहरु, तरकारी पसल, मेडिकल र डेरी पसलहरु केही समयकाे लागि खुलेका,बाटाेमा पैदलयात्री पनि बिरलै हिडेको देखिएकाे छ ।
बल्खु, नयाँबजार, पाँगा, नगाउ , भत्केपाटी , टयाङ्ला लगायत क्षेत्रमा अत्यावश्यक क्षेत्रका तरकारी,पानीका गाडी ,एम्बुलेन्स चलिरहेका छन भने सामान्य रुपमा अन्य चलेका मोटरसाइकललाई प्रहरीले सोधपुछ गर्दै फर्काउदै र पठाउदै गरेको छ ।
लकडाउन पछि बजार क्षेत्रका केही मात्र दैनिक उपभोग्य समानका पसल खुल्ला रहेका छन् ।
अधिकांस दैनिक उपभोग्य समानका पसल र ग्यास पसल समेत बन्द भएका कारण खुलेका पसलमा समेत समानको अभाब देखिन थालेको छ ।
खासगरी ग्यास पसल बन्द भएका कारण ग्यास पाउन कठिन भएको देखिन्छ भने तरकारी,फलफुलको मूल्य वृद्धि भएको छ भने अभाब पनि भएको देखिन्छ । खासगरी तरकारी र फलफुलको मुल्यमा होलसेल ब्यापारीले नै मूल्य बढाएर पठाएकाले बजार मूल्य बढेको भन्ने व्यापारीको भनाई रहेको छ ।
बजारमा अति आवश्यक र बिरामीलाई बाइकमा अस्पताल जान खोज्ने समेतलाई पास चाहियो भन्दै प्रहरीले फर्काउने गरेकाले केही समस्या आयको गुनासो बढ्दै गएको देखिन्छ भने प्रहरीले बजार क्षेत्रमा मात्र सकृय रुपमा लाग्दा भित्र गल्लितिर मानिसको आवत–जावत बढेकोले त्यता तिर पनि प्रहरी सकृयता बढाउन आवश्यक देखिएको सर्वसाधारणको सुझाव रहेको छ ।
किर्तिपुर नगरपालिका वडा न ७ को सक्रियतामा किनपा वडा न ७ भाजङल पाँगामा रहेको साल्भिनिया एकेडेमिमा ५० सैयाको आपतकालिन क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न वडाले भवन अनुगमन गरिसकेको र केही दिनमा काम सुरु गर्ने तयारी थालेको समेत समाचार छ ।
हिजो अस्तिको भन्दा आज सर्वसाधारणले लगडाउनको उल्लंघन कम गरेको पाइएको छ । तर लगडाउनको चौथो दिन सर्वसाधारणलाई घरमै बसिरहन समस्या भएको छ