stcnepal long ad
global ime bank long

उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने जनाएको छ।

काठमाडौँमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ।

यस्तै, काठमाडौँमा नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

काठमाडौँ र ललितुपरका खोप केन्द्रमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खोप लगाइने छ। यता, भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइने छ ।

IME Lifesidebar
kumari