citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको १९ करोड प्रकरणः सीईओ र डीसीईओ दुवैलाई बोर्डले विदामा राख्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लि. सञ्चालक समितिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिष तिमिल्सिनालाई बिदामा राखेको छ ।

बैंक सञ्चालक समितिको बैठकले दुवै जनालाई बिदामा राखेको बैंक स्रोतले बताएको छ । कुमारी बैकको १९ करोड रुपैयाँ कर्जा प्रकरणमा अनुसन्धानलाई ससहयोग पुर्याउन भन्दै सञ्चालक समितिले एक्टिङ सीईओ र डीसीईओ दुवै जनालाई बिदामा बस्न आग्रह गरिएको बुझिएको छ।

एक्टिङ सीईओ तिमिल्सिना यसअघि नै अनुसन्धानमा तानिएका थिए भने डीसीईओ मनिष तिमिल्सिना पनि अनुसन्धानमा तानिएका हुन् । उनीहरु २० दिनदेखि बिदामा रहेको बैंक स्रोतको भनाई छ । अहिले बैंकले चिफ अपरेटिङ अफिसर रामचन्द्र खनाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।

गायक योगेश्वर अमात्यको बारा जिल्लाको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका उच्च व्यवस्थापनको संलग्नता रहेको आशंका गरिएको छ । सोही कारणले पनि एक्टिङ सीईओ र डीसीईओलाई बिदामा बस्न सञ्चालकले आग्रह गरेको हो ।

बैंकले गत साउनमा प्रदान गरेको १९ करोड रुपैयाँ कर्जा प्रवाहमा बैंकका प्रमुख कार्यकारी अधिकृतको पनि संलग्नता देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले तिमिल्सिनामाथि पनि अनुसन्धान थालेको थियो ।

अहिले दुवै जना माथि अनुसन्धान भइरहेको बुझिएको छ । तर बैंकले उक्त जग्गाको धितो सक्कली नै राख्न लगाएको र केही कर्जा समेत उठाई जोखिम न्यूनिकरण गरि सकेको समेत छ।

himalayan life insurance
igi long