नेपाललाई हिन्दु राष्ट्र बनाउने मोदीको योजना
काठमाडौं । भारतीय कम्युनिष्ट (माक्र्सवादी) पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागि परेको बताएका छन् । चितवनमा नेकपा (एमाले) को बन्द सत्रलाई सम्बोधन गर्दै नेता जोगेन्द्रले मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागि परेको बताएका थिए ।
उनले भनेका छन्, ‘भारतको नरेन्द्र मोदी सरकार नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना गराउन लागिपरेको छ । फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ ।’
नेता जोगेन्द्रले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दू राष्ट्र बनाउन खोजेको बताउँदै भने, ‘सन् २०२५ सम्म भारतलाई पनि हिन्दू राष्ट्र बनाउने लक्ष्य लिएको छ ।’
त्यस्तै नेता जोगेन्द्रले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिस गरिरहेको बताएको बुझिएको छ ।






















