citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सर्लाहीबाट डा. अमरेश कुमार पराजित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता डा. अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबालिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत,शिवशंकर रिजाल जोगेन्दर पानवालाले ५१३ मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।

२४८ मत पाएका डा. अमरेश कुमार भने पराजित भएका छन् । यससँगै केन्द्रमा प्रभाव राख्ने र मधेसी कोटामा सहमहामन्त्री उम्मेदवार बन्ने चर्चा गरिरहेका भारतको कांग्रेस आई निकट नेता सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् । अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन ।

सर्लाही १ र ४ मा हिजो मंगलबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै रहेको छ ।

himalayan life insurance
igi long