stcnepal long ad
global ime bank long

अनलाइन मेडिया बारे प्रेस काउन्सिल नेपालमा छलफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपालमा आज ‘अनलाइन आचारसंहिता, सुचीकरण,वर्गीकरण र यसका चुनौती’ का विषयमा छलफल भएको छ। छलफलमा सहभागी वरिष्ठ पत्रकारहरूले प्रेस काउन्सिललाई थप बलियो बनाउनुपर्ने सुझाव दिएका छन् । छापा, रेडियो, एफएम,टिभी, अनलाइन पत्रकारिता हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय प्रेस काउन्सिल नेपाललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूले व्यक्त गरेका छन ।

मिडिया अनुगमन र नियमन गर्न काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव रहेको छ । त्यसमा राज्यले हेर्नु पर्दछ। जनशक्ति र बजेट थप गर्नु पर्दछ । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’ अनलाइनमा पत्रकार आचार संहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधानसम्पादक अमित ढकालले भने ।ढकालले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राखेका छन ।

‘राज्यका नियामक निकायमा दर्ता हुने अनि बेथिति साथ सञ्चारमाध्यम चलाउनेमाथि काउन्सिलले के गर्दै आएको छ रु’ ढकालको प्रश्न गरेका छन ।

प्रेस काउन्सिल नेपालको सभाहलमा आयोजित कार्यक्रममा अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापा र रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालसहितले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राखेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँलेले काउन्सिलले अन्य सामाजिक सञ्जालभन्दा अनलाइनमा केन्द्रित भई नियमन गर्न सुझाव दिदै भने( ‘अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्वधन हुने नियमनले मिडिया प्रभावकारी हुन्छ । काउन्सिल थप प्रभावकारी हुन्छ’।

यसैगरि बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधानले आचारसंहिता पालना गर्ने र नगर्ने सञ्चारकर्मीको फरक काउन्सिलले छुट्याउनुपर्ने धारणा राखे ।

इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापाले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतैले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताए । रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालले काउन्सिललाई अझै सञ्चारमैत्री बन्न र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न सुझाव दिए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय अनलाईनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिँदै भने(‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन काउन्सिलको वर्तमान टिम सोच–विचारका साथ लागिरहेको छ ।’

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल, उपप्रशासकीय अधिकृत (आचारसंहिता, अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख) रामशरण बोहरासहितले पछिल्ला दिन काउन्सिलमा भइरहेका कामहरूका बारेमा उल्लेख गरेका थिए ।

IME Lifesidebar
kumari