stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरले स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन रत्नराज्यलक्ष्मी क्याम्पसलाई बार्षिक १५ लाख रुपैयाँ दिने

काठमाडौँ महानगरको ७० औँ कार्यपालिका बैठक सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौँ महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका अध्यक्ष शाक्यकाअनुसार महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीहरुबाट संकलन हुने शुल्कबाट व्यहोरिने छ ।
बैठकले वडा ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, शुद्धकुमार डंगोल, दलबहादुर कार्की, नविन मानन्धर, हीरादेवी पोखरेल लगायत कार्यपालिका सदस्यहरु विविध विषयमा महानगरले व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिएका कार्यक्रमका बारेमा धारणा राख्नुभएको थियो ।

उहाँहरुले सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महसुल छुटका लागि महानगरले गरेका प्रयास, नेपाल विद्युत प्राधिकरण लगायत सडक खन्ने निकायसँग विकास समन्वय, डेङ्गु नियन्त्रणका प्रयास, महानगर क्षेत्रभित्रबाट कवाडी विस्थापन गर्ने नीति कार्यान्वयनको अवस्थालगायत विषयमा धारणा राख्नुभएको थियो ।

prabhu mahalaxmi
kumari