stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङको ५४ औं वार्षिक साधारणसभा सम्पन्न २५ प्रतिशत लाभांस पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांस गरि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

गत मंगलबार कर्पोरेशनको केन्द्रिय कार्यालयमा कर्पोरेसनको संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको सभाध्यक्षमा बसेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५४ औं वार्षिक साधारण सभाले उक्त निर्णय लिएको छ ।

उक्त साधारण सभामा अधिकांश सेयर धनीहरु भर्चुअल माध्यमबाट जोडिएका थिए भने भौतिक रुपमा संचालक समिति सदस्यहरु र सिमित सेयर धनीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले आर्थिक वर्ष २०७६/०७७ अवधिमा कुल १ अर्ब ७ करोड ६८ लाख मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिएको थियो । उक्त अवसरमा सेयर धनीहरुले विविध जिज्ञासा राख्दै आ आफ्नो राय, सुझाव एवम् धारणा राखेका थिए ।

वार्षिक साधारण सभा माझ उठेका प्रश्नको जवाफ दिदै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विश्वभर फैलिएको कोरोना महामारीले गर्दा साधारण सभा ढिला हुन गएको शेयरधनीहरूमा जानकारी गराउदै शेयरधनीहरूले विश्वास व्यक्त गरि काम गर्ने अवसर प्रदान गरेकामा सेयर धनीहरुमा धन्यवाद व्यक्त गरेकी थिइन ।

श्रेष्ठले सभामा सेवा विविधिकरण गर्न पुँजी बृद्विको समस्या, कर्मचारीको सिमितताले केही असहजता भएको, पछिल्लो समय कर्पोरेशनले भुकम्प प्रतिरोधी घर निर्माण गरेको, पुँजी बढाउन अध्ययन भैरहेको जानकारी दिएकी थिइन् ।

त्यसैगरि उनले हिमालय प्याकेजिङबाट मात्रै आयोडिनयुक्त नुनको लागि पाउँच बनाउने, हेटौडा औंद्योगिक क्षेत्रसँग लिज सम्झौता गरि वनस्पती उद्योगलाई पुनस्संचालनमा ल्याई तत्काललाई तेल उत्पादन गर्न मेशिन खरिद गरिएको, मोरङ सुगर मिलको आधुनिकीकरण गर्न लागिएको, सरकारको धेरै सेयर लगानी रहेका बुटबल धागो कारखाना र गोरखकाली रबर उद्योग संचालन वा अन्य बिषयमा सरकारसँग छलफल र चासो राख्दै आएको जानकारी दिदै बोनस सेयर अद्यावधी भएको र नयाँ पनि छिट्टै गरिने प्रतिबद्धता व्यक्त गरेकि थिइन ।

नुनको कम्तीमा ६ महिनासम्म अनिवार्य बफर स्टक राख्नुपर्ने भएकाले मनसुनकोअन्त्यसम्ममा नुन ल्याउनु पर्ने वाध्यात्मक स्थिती बारे अवगत गराउदै हालको समयमा चिनीको स्टक गर्न नसकेता पनि वितरण प्रणालीलाई व्यवस्थित तुल्याउदै बजारमा चिनीको हाहाकार हुन नदिएको, भुकम्पमा ल्याएको जस्तापाताको बिषयमा सरकारसँग कुरा राख्दै आएको श्रेष्ठले बताइन् ।

साथै उनले कोरोनाका कारण आगामी बर्ष नाफामा प्रभाव पार्न सक्ने प्रक्षेपण गरिएको जानकारी गराउदै ३६५ दिन नै सेयर धनीहरु केन्द्रिय कार्यालयमा आएर आफना कुरा राख्न सक्ने बताएकी थिइन ।

कार्यकारी निर्देशक श्रेष्ठले कर्पोरेशनले नाफा भन्दा पनि सेवालाई प्राथमिकता दिदै आएको जनाउदै आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै कर्पोरेशनको साँखलाई अक्षुण राख्दै अघि बढेको उल्लेख गरेकी छिन ।

prabhu mahalaxmi
kumari