stcnepal long ad
global ime bank long

आजबाट काठमाडौंमा ग्यासको ‘रिटेल काउन्टर’ सञ्चालन, २२ स्थानबाट बिक्री गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले राजधानीका विभिन्न स्थानमा ग्यासको रिटेल काउन्टर सञ्चालन गर्न ग्यास उद्योगीहरुलाई अनुमति दिएको छ । ग्यासको आपूर्ति सहज गर्न भन्दै निगमले नेपाल ग्यास उद्योग संघलाई काठमाडौं उपत्यका भित्र २२ स्थानमा यस्ता काउन्टर सञ्चालन गर्न अनुमति दिएको हो ।

आयल निगम र ग्यास उद्योग संघबीच शनिबार यस्ता रिटेल काउन्टर सञ्चालन गर्नेबारे छलफल भएको थियो । छलफल पछि ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई यस्ता काउन्टरहरुबाट ग्यास बिक्री गर्न सकिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

छलफलका आधारमा संघले विज्ञप्ति निकाल्दै काठमाडौंमा विभिन्न विक्रेताहरुमार्फत ग्यास बिक्री गर्न लागेको जनाएको छ । जस अनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कालीमाटी र जडिबुटी, ओम ग्यासले थली र नैकाप, बाबा, श्री, लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले ललितपुरबाट ग्यास बिक्री गर्नेछन् ।

‘अधिकांश ग्यास कम्पनीले आफूले छनोट गरेका डिलर मार्फत् ग्यास बिक्री गर्नेछन् ।

IME Lifesidebar
kumari