stcnepal long ad
ime life insurance
national life
global ime bank long

देशकै एकमात्र सरुवा रोग अस्पतालमा २० शय्याको आइसीयू तयार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, ९चैत्र २०७६

काठमाडौं । देशकै एक मात्र सरुवारोग अस्पताल टेकुले चार दिनमा २० शय्याको आइसियू तयार गरेको छ । सय शय्याको टेकुमा चार आइसियू यसअघि नै थिए । अस्पतालका सबै बिरामी अन्यत्र पठाएर बाँकी ९६ शय्यालाई आइसोलेसन बनाइँदै छ ।

५ चैतमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न टेकुलगायत चार अस्पताललाई छुट्टै आइसियू तयार गर्न पत्र पठाएको थियो । टेकुमा ४०, पाटन, सशस्त्र र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०–२० शय्या गरी एक सय २० शय्या आइसियू थप्ने निर्देशन भए पनि टेकुबाहेकका अस्पतालले प्रक्रियासमेत अघि बढाएका छैनन् ।

‘चीनमा कोरोना संक्रमण देखिएसँगै हामीले पूर्वतयारी थालेका थियौँ,’ टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले भने, ‘बेड अभाव नहोस् भनेर उपकरण नियमित खरिद गर्ने सप्लायर्सलाई तयारी अवस्थामा रहन भनिएको थियो ।’

अस्पतालका अनुसार आइसियू सञ्चालनका लागि आवश्यक २० बेड, २० प्यासेन्ट मनिटर, ११ भेन्टिलेटर, एक पोर्टेबल एक्सरे, एक पोर्टेबल अल्ट्रासाउन्डलगायत ५१ प्रकारका उपकरणमध्ये ९५ प्रतिशत आइसकेका छन् । अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका सबै उपायसमेत अपनाएको जनाएको छ ।

निजी संस्था निक साइमनले टेकु अस्पतालाई शुक्रबार मात्रै १० भेन्टिलेटर र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई० एक हजार थान सहयोग गरेको छ । अस्पतालले कर्मचारीको सुरक्षाका लागि पिपिई पुनः प्रयोग गर्न मिल्ने उपकरणको तयारी गरेको छ । संक्रमण हुन नदिन २५ सय लिटर फर्मालिन हाइड तयारी अवस्थामा राखेको छ ।

टेकु अस्पतालमा रहेका अन्य रोगका बिरामीलाई वीर र शिक्षण अस्पतालमा रेफर गरिएको छ । प्रशासन प्रमुख रूपनारायण खतिवडाका अनुसार कुकुरले टोकेका बिरामीलाई भने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा पठाइनेछ ।

अस्पताललाई तत्काल कोरोना संक्रमितको उपचारका लागि ६ जना एनेस्थेसिया, आठजना मेडिकल अफिसर, चारजना नर्सिङ अफिसर र २६ जना स्टाफ नर्स राखिने भएको छ । आवश्यक जनशक्ति पाँच दिनभित्र राख्नुपर्नेछ । नयाँ पत्रिका दैनिकबाट

IME Lifesidebar
kumari