नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सर्यो, अब जेठ ७ र ८ मा हुने
आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने भनिएको ५४औं साधारणसभा स्थगित गरी नयाँ मिति घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै महासंघले साधारणसभा सार्ने निर्णय भएको हो ।
अब महासंघको साधारण सभा जेठ ७ र ८ मा हुने भएको छ ।
कोरोना भाइरसको असर पर्ने भन्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएपछि नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पनि पर धकेलिएको हो ।
सरकारले गरेको निर्णयलाई सघाउ पुर्याउन भन्दै साधारण सभा सारिएको महासंघका आगामी चुनावमा वरिष्ठ उपाध्यक्षका दाबेदार किशोर प्रधानले बताए । सरकारको निर्णय सही भएको भन्दै उद्योगीले यसमा साथ दिएको पनि उनले बताए । ’उद्योगी पनि नागरिक हुन् । उनीहरूको पनि राज्यप्रति उत्तरदायित्व हुन्छ । यस्तो विषम परिस्थितिका बेलामा हामी कसरी उत्तरदायित्वबाट पन्छिन सक्छौ?’ प्रधानले भने ।
साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सम्भवतः अध्यक्ष हुने छन् भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उमेदवारी घोषणा गरेर चुनावी मैदान उत्रिएका छन् । दुई प्यानलमा चुनावी माहोल सुरु भइसकेको छ ।