citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ग्यास सहज कहिले ?

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ ।

बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज कोटा बढाएर ४५ हजार पुर्याइएको छ ।

निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ । तर, उपभोक्ताले ग्यास सहजै पाउन सकेका छैनन् ।

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुदाँ हुँदै पनि उपभोक्ताले सहज रुपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।  आजको राजधानी दैनिकबाट

 

 

gold
himalayan life insurance long ad