stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् ।

त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

prabhu mahalaxmi
kumari