stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँ महानगरले अक्सिजन प्लान्ट बनाउन मनमोहन सामुदायिक अस्पताललाई १५ लाख रुपैयाँ अनुदान दिने

काठमाडौँले महानगरबासीका लागि उपचार दिएर पुग्दैन, त्यस अनुपातमा हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ –प्रमुख शाक्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । हिजो (असोज २२ गते) महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरका तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका तर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि बोल्र्दै प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, कोविड उपचार र रोकथामका लागि काठमाडौँ महानगरको लगानी स्थानीय सरकारका तर्फबाट एकै पटक गरिएको सबैभन्दा धेरै भएको बताउनुभयो ।

‘काठमाडौँ बाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक प¥यो भने काठमाडौँ आउनु पर्छ । यसरी उपचारका लागि आउनेहरुको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् ।

उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा विरामीका परिवारको आर्थिक बोझ कम हुन्छ । यसका लागि काठमाडौँ महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’ प्रमुख शाक्यको भनाइ थियो ।

यसरी सहयोग गर्दा चिकित्सक र विरामी दुवैको आत्मविश्वाश बढेको पायौँ । यो आत्मविश्वाशले रोग छिटो निको हुन सहयोग पुग्ने प्रमुख शाक्यको भनाइ थियो । त्यस क्रममा उहाँले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताउनुभयो ।

त्यस क्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताउनुभयो । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त सम्झौता बमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ ।

महानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्था बमोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनु पर्नेछ ।

 

IME Lifesidebar
prabhu mahalaxmi
kumari