stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउदी अरबको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन आक्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । साउदी अरेबियाको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् ।

यमनसंग सिमाना जोडिएको उक्त शहरको विमानस्थलमा शुत्ररबार राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना वंगलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थको भौतिक क्षति पनि ठूलो भएको जनाइएको छ ।

घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

आक्रणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ । गत अगष्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari