stcnepal long ad
ime life insurance
global ime bank long

चीनसँगको नाका खोल्ने बारे चार सचिवबिच छलफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौँ । कोरोना भाइरसको कारण बन्द नेपाल–चीन नाका खोल्ने विषयमा चार मन्त्रालयका सचिवहरूबिच छलफल भएको छ ।

नाका बन्द हुँदा आयात निर्यातमा असर गरेको भन्दै व्यापारी वृत्तबाट दबाब झेल्नुपरेपछि वाणिज्य, अर्थ, स्वास्थ्य र गृह सचिवले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् गरेका हुन् ।

यद्यपि नाका खुलाउने विषयमा कुनै सहमति भने जुटेको छैन। बैठकमा सहभागी एक सचिवका अनुसार बैठकले चीनको नाका खुलाउन सकिने तथा नसकिने बारे निर्णय गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको छ।

चीनतर्फको नाका माघ १४ देखि बन्द प्रायः छ। नाकाबन्दीले नेपाल–चीन स्थल मार्गबाट हुने आयात निर्यात पनि ठप्प छ।

तर जलमार्गबाट हुने व्यापार भने अहिले पनि निरन्तर रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। समुद्री मार्गबाट भारतको कलकत्ता पोर्ट हुँदै आउने मालवस्तुहरु अहिले पनि सुचारु भइरहेको मन्त्रालयको भनाइ छ।

चीनको नाका खुलाउने विषय नेपालले चाहेर मात्रै हुँदैन, यसमा चीन सरकार सकारात्मक भए मात्रै सम्भव छ ।

prabhu mahalaxmi
kumari