stcnepal long ad
global ime bank long

सूनको अहिलेसम्मकै महँगो, तोलामा ८२ हजार सात सय !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

IME Lifesidebar
kumari