stcnepal long ad
global ime bank long

मन्त्रिपरिषद्को बैठकले भ्रमण बर्ष २०२० स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । बर्षैंको तयारीका साथ २० लाख पर्यटक भित्राउने उद्देश्यका साथसुरु गरिएको भ्रमण बर्ष २०२० स्थगित गरिएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को बैठकले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको थियो । मृगौलाको प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबारबाट अस्पताल भर्ना हुने भएकाले आइतबार साँझ बालुवाटारमा बसेर भ्रमण वर्ष २०२० लाई स्थगित गरिएको थियो ।

बैठकमा अहिले भ्रमण बर्ष स्थगित भए पनि सन् २०२२ लाई भ्रमण बर्ष मनाउन सकिने विषयमा छलफल भएको थियो । यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचार–प्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो।
पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्व तयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने निर्णय पनि गरेको छ ।

IME Lifesidebar
kumari