stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मास्क लगायतका सुरक्षा सामग्रीहरु आयातमा लाग्ने सबै कर छुट गर्न माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड १९)को संभावित प्रकोपलाई दृष्टिगत गर्दै मास्कलगायतका सुरक्षा सामग्रीहरु आयातमा लाग्ने करहरु छुट गर्न सरकारसँग माग गरेको छ । चेम्बरले कोरोनाबाट सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गर्दै मास्क जस्ता अति आवश्यक वस्तुहरु सहज र सुलभ तरिकाले बिक्री वितरण गर्ने व्यवस्था गर्न माग गरेको हो ।

साथै, चेम्बरले कोरोना भाइरसको प्रकोपको समस्यालाई दृष्टिगत गरी चैत १ गतेदेखि आयोजना गर्न लागिएको चेम्बर एक्स्पो स्थगित गरिएको जनाएको छ । चेम्बरले त्रिभुवन विमान स्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रुको सघन स्वास्थ परिक्षण गर्न आग्रह गर्दै कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दीपक मलहोत्रा संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरेको छ ।

prabhu mahalaxmi
kumari