stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिभिल बैंकको शाखा अब काठमाडौंको बाङ्गेमुढामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । सिभिल बैंक  लिमिटेडले काठमाण्डौको  बाङ्गेमुढामा नयाँ शाखा संचालनमा ल्याएको छ ।आइतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङ्ग र  काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरुपमा  नयाँ शाखको उद्घाटन गरेका थिए ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालय लाई कक्षा कोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग समेत प्रदान गरेको थियो ।  सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका थिए ।       सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव  ५३ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव  ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेको र यस बैंकको नेपाल भर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari