सिभिल बैंकको शाखा अब काठमाडौंको बाङ्गेमुढामा

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६
काठमाडौं । सिभिल बैंक लिमिटेडले काठमाण्डौको बाङ्गेमुढामा नयाँ शाखा संचालनमा ल्याएको छ ।आइतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङ्ग र काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरुपमा नयाँ शाखको उद्घाटन गरेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालय लाई कक्षा कोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग समेत प्रदान गरेको थियो । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका थिए । सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव ५३ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेको र यस बैंकको नेपाल भर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ ।