stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सेनाको सुपथ मूल्य पसल सुरु

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजना अनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वर स्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गरेका हुन् । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।
वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ ।

कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ । यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ ।

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो । भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दैआएको बताइएको छ ।

prabhu mahalaxmi
kumari