सरकारी कागजात किर्ते गर्ने पक्राउ

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका रमेशबहादुर कटुवाल, जनक कटुवाल, प्रकाश कटुवाल र ललितपुरका शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेन ड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीत्र्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ फागुन २०७६, सोमवार १४:५३ बजे प्रकाशित