macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा १० प्रतिशत छुट

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौँ । एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंक प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००/- सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

१२ फागुन २०७६, सोमवार १४:५८ बजे प्रकाशित

NTA long ad