stcnepal long ad
global ime bank long

पोर्चुगल पठाई दिन्छु भनि ठगी गर्ने शिव नारायण चौधरी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाई दिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर,

भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

IME Lifesidebar
kumari